७ मंसिर । नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रूपैयाँले बढेको हो।
साताको अन्तिम कारोवार दिन शुक्रबार सुन मुल्य प्रतितोलाको १ लाख ६५ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार शुक्रबार चाँदी तोलामा १० रूपैयाँले घटेर १ हजार ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया