७ मंसिर । आगामी आइतबार (मंसिर ९ गते) देखि पैसा तिरेर धरहरा चढ्न पाइने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आइतबारदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा १० वर्ष मुनिका बालबालिका, विद्यार्थी, ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई छुट दिने निर्णय समेत भएको छ ।
प्रतिक्रिया