८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


एकै दिन राजधानीका तीन ठाँउमा चोरी



काठमाडौं
काठमाडौंको तीन ठाँउमा चोरी भएको छ । काठमाडौंको नैकाप, भक्तपुरको लिवालीको दुई घरमा शनिबार एकै दिन चोरी भएको प्रहरी श्रोतले जानकारी दिएको छ ।
काठमाडौं चन्द्रागिरी नगरपालिका–१३ नैकाप थापा गाउँ बस्ने प्रशान्त थापाको घरबाट नगद तथा सुनको विभिन्न गरगहना गरी करिब ३ लाख २० हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।
भक्तपुरको भक्तपुर नगरपालिका–८ लिवाली डेरा गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–८ घर भएकी ५३ वर्षीया ईश्वरी चौलागाईको कोठाबाट सुनको सिक्री १ थान र नगद समेत गरी करिब २ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।
यसैगरी भक्तपुरको भक्तपुर नगरपालिका–८ लिवाली डेरा गरी बस्ने सोही नगरपालिका–४ गहिटी घर भएका ४४ वर्षीय हरी प्रसाद किजुको कोठाबाट नगद १ लाख
५० हजार रूपैयाँ र सुनको विभिन्न गरगहना गरी करिब ५ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।
तीनै घटनाको चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ८ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।