१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता पल शाहले सुनाए कष्टकर जेल जीवन, गायिका समिक्षालाई दिए बधाई



म त्यो दिन सम्झन चाहन्न

चापागाँउ
१० मंसिर । अभिनेता पल शाहले एक बर्षे कष्टकर जेल जीवनबारे एक टेलिभिजन कार्यक्रममा बेलिविस्तार लगाएका छन् ।
एक गायिकालाई बलत्कार गरेको अभियोगका केही समयअघि जेल परेका उनले १ बर्षसम्म पुर्पक्षका लागि जेल बसेरका थिए भने अदालतको सफाईपछि जेलमुक्त भएका थिए ।
उनले जेलको पर्खालभित्र पसेपछि पृथ्वीले थेचेजस्तो अनुभव भएको बताए । उनी भूईमा सानो खाटमा हात लतारेर सुत्नुपर्दा आँशु गरेको बताएका छन् । जेलमा भेट्न आउने आफन्त र शुभेच्छुकलाई आडभरोसा दिने गरेको सुनाएका छन् । आफ्नी आमालाई गाह्रो नहोस भन्दै करिव ३ महिनासम्म घटना नसुनाएको उनले बताए ।
उनले दशैंको टिका जेलमा लगाउदाको क्षणमा आफ्ना वावुआमाले आँशु झारेको स्मरण गरेका छन् । उनले कार्यक्रममा भने, ‘म त्यो दिन सम्झन चाहन्न ।’
उनले गायिका समिक्षा अधिकारीलाई राम्रो गायिका राम्रो कला र गला भएको बताएका थिए । उनको प्रगती चाहने समेत सुनाए । गायिका अधिकारीको प्रगती देख्दा खुशी हुने गरेको भन्दै अझैं राम्रो गर्दै जान सुझाव दिदै बधाई समेत दिए ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  १० : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।