१० मंसिर । काठमाडौंको सानो गौचरस्थित फुटबल मैदान काठमाडौं महानगरले बनाउने भएको छ । काठमाडौंभित्र रहेका मैदानलाई स्तरोन्नती र नव निर्माण गर्ने उद्धेश्य अनुरुप महानगरले सानो गौचरको मैदान निर्माण गर्ने भएको हो ।
मैदानको ठेक्का लागिसकेको छ । अब केही दिनमा काम सुरु हुन्छ । महानगरका एक अधिकारीले खेलपाटीसँग भने, एक वर्षभित्र निर्माण कार्य सक्ने लक्ष्य छ ।
सानो गौचरमा बन्ने मैदान कृत्रिम घाँसे मैदानको हुनेछ, जुन १ हजार १ सय ३४ दर्शक क्षमताको हुनेछ ।
सानो गौचरको मैदान निर्माणमा महानगरले झण्डै १७ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।
काठमाडौं महानगर मेयर बालेन्द्र साहले काठमाडौंभित्र रहेका खेल मैदानको स्तरोन्नती गर्दै खेलकुद पूर्वाधार निर्माणलाई विशेष जोड दिएका छन् ।
प्रतिक्रिया