८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धरानबाट काठमाडौं आएर कीर्तिपुरमा राजमानलाई भोट माग्दै हर्क साम्पाङ



१० मंसिर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कीर्तिपुर नगरपालिकाको मेयरको स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई समर्थन गरेका छन् । सोमबार काठमाडौँ आएर साम्पाङले महर्जनलाई भोट दिन आग्रह गर्दै घरदैलो समेत गरे ।

उनले आफू जस्तै काममा विश्वास गर्ने मान्छे कीर्तिपुरमा देखेपछि समर्थन गर्न आएको सुनाए । सरसफाइ अभियन्ता रहेका महर्जनलाई समर्थन गर्दै अर्का स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठले आफ्नो उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेका छन् ।

मंसिर १६ गते हुने उपनिर्वाचनमा ठूला दलहरूलाई चुनौती दिन भन्दै स्वतन्त्र उम्मेदवारहरू पनि एकै ठाउँमा आउँदै छन् । कीर्तिपुरमा मेयरसहित वडा नम्बर १ र ४ को वडाध्यक्षका लागि पनि निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ४ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।