१० मंसिर । सरकारले धरहरामा पार्किङ शुल्क लिने निर्णय गरे पनि हाललाई निःशुल्क पार्किङको सुविधा दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले धरहराको वेसमेन्ट पार्किङमा सवारी पार्किङ गर्दा शुल्क लिने निर्णय गरेको थियो । तर हाललाई उक्त निर्णय कार्यान्वयन नभएको धरहरा सञ्चालन इकाई कार्यालय प्रमुख महेश राईले बताए ।
‘सरकारले पार्किङ शुल्क लिने निर्णय गरे पनि अहिलेलाई कार्यान्वयनमा ल्याइएको छैन,’ राईले भने, ‘अहिले निःशुल्क पार्किङ गर्न दिइरहेका छौँ । केहि दिनपछि मात्रै शुल्क लिने व्यवस्था गरिन्छ ।’
मन्त्री परिषद्को निर्णयअनुसार चारपाङ्ग्रे सवारीको प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रे सवारीको लागि प्रतिघण्टा १० रुपैयाँ शुल्क तोकिएको छ ।
प्रतिक्रिया