८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पूर्वराजा शाह मध्यपश्चिम र सुदूरपश्चिम भ्रमणमा निस्किँदै



१२ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाह मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रको भ्रमणमा निस्किने भएका छन् । गत साता लुम्बिनी क्षेत्रको भ्रमणका क्रममा रुपन्देही पुगेका शाह आगामी साता त्यसतर्फ जान लागेका हुन्।

पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकले बुधबार बिहान एक विज्ञप्ति जारी गर्दै आगामी साता उनी नेपालगन्ज जाने निश्चित भएको जानकारी गराए।
पूर्वराजा शाहको साथमा पूर्व रानी कोमल शाहसमेत रहने छिन्। लुम्बिनी भ्रमणका क्रममा बुद्ध धर्मावलम्बीहरूले शाहलाई भव्य स्वागत गरेका थिए।

अहिलेको भ्रमणका क्रममा हुने कार्यक्रमबारे पूर्वराजा शाहको सचिवालयले खुलाएको छैन।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  १२ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।