८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सावेलले हानेर आफ्नै साथीको हत्या



१३ मंसिर । मकवानपुरमा एक व्यक्तिले आफ्नै घरमा सुतिरहेका साथीलाई साबेलले हिर्काएर हत्या गरेका छन्। मनहरी गाउँपालिका–६ प्रतापुरका अम्मरबहादुर लोप्चनले साथी जीतबहादुर मोक्तानको हत्या गरेका हुन्।

मध्यरातमा अम्मरबहादुरले आफ्नै घरमा सुतिरहेका मोक्तानलाई एक्कासी साबेलले हानेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका मोक्तानको उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा आज बिहान साढे ३ बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए।

मोक्तान र लोप्चनसँगसँगै निर्माण क्षेत्रमा मजदुरी गर्दै हिंड्ने गरेको डिएसपी अर्यालको भनाइ छ।

लोप्चनलाई प्रहरीले सावेलसहित नियन्त्रणमा लिएको छ।

 

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ८ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।