काठमाडौं
भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करपछि महिलाको मृत्यु भएको छ भने एक जना घाइते छन् ।
भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २३११ नम्बरको १२ चक्के ट्रकले आज बिहानपख बा.प्र. ०२–०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ठक्करपछि ४१ वर्षीया नवीना देउला घाइते भएकी थिइन् । उनलाई उपचारका लागि भक्तपुर इन्टरनेशनल अस्पतालमा लगिएको थियो । उपचारको क्रममा डाक्टरहरुले उनको मृत्यु भएको घोषणा गरेका थिए ।
दुर्घटनामा जिते देउला घाइते भएका छन् छन् । उनको उपचार नागरिक अस्पतालमा भइरहेको छ ।
दुर्घटनापछि मकवानपुरगढी–४ का ३८ वर्षीय ट्रक चालक बुद्ध बहादुर घलानलाई नियन्त्रणका लिएर कानूनी कारवाही सुरु गरेको भक्तपुर प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया