६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मकवानपुरमा कन्टेनर पल्टियो, क्रेनले सारेपछि दुवैतर्फ खुल्यो पूर्वपश्चिम राजमार्ग



१३ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५, चुरियामाईनजिक बिहीबार बिहान कन्टेनर सडकै ढाकेर पल्टिँदा अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग २ घण्टापछि खुलेको छ।

वीरगन्जबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश०३-००१ ख ६७३८ नम्बरको मोबिल लोड गरिएको लहरी बिहान १०:३० बजेतिर अनियन्त्रित भई सडकमा पल्टिँदा राजमार्ग बन्द भएको थियो।

क्रेनको सहायताले उक्त लहरी ट्रक साइड लगाएर दुवैतर्फ यातायात सञ्चालनमा ल्याइएको मकवानपुर प्रहरी प्रवक्ता, डीएसपी श्यामु अर्यालले जानकारी दिए।

दुर्घटनापछि २ घण्टाजति राजमार्ग बन्द भएको थियो। जसले गर्दा सयौँ गाडीको लाम लागेको थियो।

दुर्घटनामा लहरी चालक मकवानपुरको मनहरी गाउँपालिका-६ निवासी करिब ३० वर्षीय महेश मोक्तान घाइते भएका छन्।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  १ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।