६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकाबाट हराएका २७ वटा मोटरसाइकल तथा स्कुटर सवारी धनीलाई हस्तान्तरण



१३ मंसिर । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट विभिन्न समयमा हराएका २७ वटा मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले १८ वटा मोटरसाइकल र नौ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरे ।

कार्यालयले हराएका मोटरसाइकल काभ्रेपलाञ्चोक, कोटेश्वर, गौशाला, नयाँ बसपार्क, सोह्रखुट्टे, मालीगाँउ, मंगलबजार, गोकर्ण, नगरकोट, ताथली र बुद्धनगर लगायतका ठाउँबाट फेला पारेको थियो ।

कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चर्तुवेदीले हराएका मोटरसाइकल र स्कुटर नम्बर प्लेट नक्कली हालेर चलाएको अवस्थामा फेला पारिएको बताए ।

ट्राफिक प्रहरीले अहिलेसम्म दुई सय १० दुई पाङ्ग्रे गाडी फेला पारेर सम्बन्धित धनीलाई बुझाइसकेको छ । यस्तै चोरीमा संलग्न ३२ जनालाई पक्राउ गरेको प्रवक्ता चर्तुवेदीले बताए ।

गाडी चोरी तथा हराउनबाट रोक्न सुरक्षित ठाउँमा पार्किङ गरी ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ६ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।