५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


किर्तिपुर नगरपालिकाको निर्वाचनको प्रचार अभियान तीब्र (तस्विरहरु)



१३ मंसिर । यही मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुरबाट नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित ८ दल र १० स्वतन्त्र उम्मेदवार मेयर बन्ने प्रतिस्पर्धामा छन्। दल र स्वतन्त्र उम्मेदवारको घरदैलो अभियानको अन्तिम दिन बिहीबार प्रचार अभियानलाई तिव्र बनाइएको थियो । बिहीबार अन्तिम चुनावी सभा गरिएको छ ।

नेपाली कांग्रेसका राजकुमार नकर्मीको निधन भएपछि मंसिर १६ गते उपचुनाव हुन लागेको हो। जसमा २० जनाको उम्मेदवारी परेको थियो। नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रका डा. शिवशरण महर्जन प्रमुख दलका उम्मेदवार हुन्। नेकपा एकीकृत समाजवादी पार्टीले माओवादीका शिवशरण महर्जनलाई समर्थन गरिसकेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुव महर्जन, जनता समाजवादी पार्टी नेपालका दीपक महर्जन, नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जन, नेपाल समाजवादी पार्टीका दिलकुमार महर्जन, जनमत पार्टीका केशव श्रेष्ठ पनि दलबाट नगरप्रमुखमा उम्मेदवार छन्।

स्वतन्त्र रूपमा डा. नवरथकुमार बानियाँ इस्टकोट चिह्न लिएर उठेका छन्। यसैगरी केटाकेटी चिह्न लिएर राजमान महर्जन चुनाव प्रचारमा व्यस्त छन्। उनलाई पानीको बोतल चुनाव चिह्न पाएका नरेश श्रेष्ठले समर्थन गरेका छन्।

यस्तै, रामकृष्ण महर्जन–जेब्रा, मिम महर्जन–क्यामेरा, प्रेमबहादुर महर्जन–ब्याडमिन्टन कर्क, दिनेशकुमार अधिकारी–कैँची, धर्मरत्न मानन्धर–क्याल्कुलेटर, आनन्द महर्जन–मुढा, नरेशराज पाण्डे–आँप र कवि कुमार महर्जनको बाकस चिह्न छ।

तस्बिरमा हेर्नुहोस्

 

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ९ : ४८ बजे