८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


रामेछापमा गाडी दुर्घटनाः वडाध्यक्षसहित ५ जनाको मृत्यु, तीन घाइते



१४ मंसिर । रामेछापमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। गोकुलगंगा गाउँपालिका ६ सिमलडाँडाको भिरमा फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको र अरु ३ जना घाइते भएको रामेछापका डीएसपी प्रदीप सिंहले बताए।

गाडीमा ८ जना सवार थिए। घाइते एक जनालाई मन्थली अस्पताल र एकजनालाई तामाकोसी अस्पतालमा उपचारका लागि लगिसकिएको रामेछापका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले बताए। एक जना घाइते बाटैमा छन्।

गोकुलगंगा–४ का वडाध्यक्ष बस्नेतको मृत्यु
गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको पनि साेही दुर्घटनामा मृत्यु भएको छ ।

उनी गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ४ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।