५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ’ह्रस्व दीर्घ’ले तीन सातामा कमायो साडे आठ करोड



ललितपुर
नीता ढुंगाना र हरिहर अधिकारीको चलचित्र ’ह्रस्व दीर्घ’ ले ३ हप्तामा ८ करोड ५२ लाख रूपैयाँ ग्रस कमाइ गरेको छ।

हिजो शुक्रबारसम्म उक्त कमाइ गरेको निर्मात्री तथा अभिनेत्री नीताले बताएकी छिन् ।

चलचित्र विभिन्न देशले प्रर्दशन अधिकार बिक्री गरिसकेको अवस्थामा चलचित्रको लगानी सुरक्षित गरिसकेको उनको भनाई छ। भारतमा ओटिटी प्लेटफर्ममा फिल्म बेचिसकेको र केही समय पछाडि थ्रिएटर प्रर्दशन पनि गर्ने नीताले बताएकी छन्।

चन्द्र पन्त निर्देशित ’ह्रस्व दीर्घ’ मा नीता र हरिहरसहित ब्रह्मानन्दम, प्रदीप रावत, अली, कवीर दुहान सिंह, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चीता लुईँटेल, बिपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसी लगायतको अभिनय छ।

गतकात्तिक ३० गतेबाट प्रर्दशन सुरु भएको यस चलचित्र लगातार तेस्रो सातासम्म प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ९ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।