२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


किर्तिपुरको खेल मैदान नजिकैको रुख चढेर क्रिकेट हेर्दै दर्शक (तस्विरहरु)



काठमाडौं /प्रदीपराज वन्त रासस
नेपालमा पहिलो पटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल हेर्न काठमाडौंको किर्तिपुरस्थित रंगशालामा दर्शक भरिभराउ छन् ।

शुक्रबारै आज भइरहेको उद्घाटन खेलको टिकट बिक्री भएपछि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपूरमा दर्शक अटाएनन् । दर्शकको भीड बढेपछि कतिपय युवाहरु रुख चढेर खेल हेरिरहेका छन् ।

अहिले भइरहेको पहिलो खेलमा जनकपुर बोल्टस्का बलर राजवंशीले विराटनगर किङ्ग्सका ब्याटर लोकेश बमको विकेट लिएका हुन् । ललितले एनपिएलको पहिलो बलमै लोकेशको विकेट लिएका हुन् ।

यस्तै एनपिएलमा पहिलो चौका प्रहार गर्ने खेलाडी लोकेश बनेका छन् । लोकेश छ बलमा एक चौकासहित पाँच रन बनाएर आउट भएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  १ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।