१५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा समर्थकबिच झडप भएको छ। शनिबार दिउँसो खेल चलिरहँदा विराटनगर किङ्स र जनकपुर बोल्ट्सका समर्थकबिच झडप भएको हो। झडपमा ७ जना घाइते भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।
घाइते हुनेमा दुई जना नेपाल प्रहरी रहेका छन्। समर्थकबिच झडप भएपछि छुट्याउन गएका प्रहरी पनि घाइते भएका हुन्। यस्तै दुवैतर्फका ५ जना समर्थक पनि घाइते भएका छन्।
तीन जना घाइते उपचारपछि डिस्चार्ज भइसकेको र चार जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
उद्घाटन खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर अनिल साहको कप्तानीमा रहेको जनकपुरसँग ८ विकेटले पराजित भएको छ।








प्रतिक्रिया