८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


उपप्रधानमन्त्री प्रकाशमान सिंहले पनि गरे मतदान



१६ मंसिर । काठमाडौँ महानगरपालिका-१६ मा जारी उपनिर्वाचनअन्तर्गत उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पनि मतदान गरेका छन्।

उनले पकनाजोलस्थित मतदान केन्द्रमा मत खसालेका हुन्। ०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भइरहेको हो।

काठमाडौँ-१६ मा नेपाली कांग्रेसले देवेन्द्र पाठक, नेकपा एमालेबाट लक्ष्मीरत्न तुलाधर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रोजिना श्रेष्ठ र एकीकृत समाजवादीबाट (माओवादीको समर्थनमा) मीनबहादुर मानन्धरसहित चुनावी प्रतिस्पर्धामा छन्।

राप्रपा, नेपकिपा, राप्रपा नेपाल, जसपा लगायतका दलका उम्मेदवार पनि वडा अध्यक्षको दौडमा छन्।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १० : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।