८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी



काठमाडौं
काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी भएका छन् ।
आइतबार राती अबेर सार्वजनिक उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार कृष्णमान डंगोलले ५ हजार ३ सय ३४ मत पाएसँगै विजयी भएका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका प्रा.डा शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत पाएका छन् ।
नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धर तेस्रो हुँदै ४ हजार ३ सय ३७ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मेदवार राजमान महर्जन भने चौथो स्थानमा रहँदै २ हजार ३६ मत पाएका छन् ।
यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा कांग्रेस उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ४३ मत पाएर विजयी भएका थिए । उनको मृत्यु भएपछि यहाँ उपनिर्वाचन गरिएको हो ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ९ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।