१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


‘ऐतिहासिक सम्पदा संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहलाई’



भक्तपुर

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ऐतिहासिक सम्पदा संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने बताएका छन् ।

विश्व सम्पदा सूचीँमा रहेको भक्तपुर दरबार क्षेत्रस्थित ऐतिहासिक थन्थु दरबारलगायत निर्माणाधिन सम्पदाहरूको आज अवलोकन गर्दै बिजुक्छेँले स्थानीय तहले ऐतिहासिक सम्पदाको संरक्षण गर्ने जिम्मेवारी पाए देशभरकै सम्पदा संरक्षण हुने उनले बताएका छन् ।

सम्पदाको महत्त्वबारे नयाँ पुस्तालाई अवगत गराउन सके स्वतः स्फूर्त रूपमा संरक्षण र सम्बर्द्धन हुँदै जाने बताउँदै उनले भक्तपुरको मौलिक पहिचान नै यहाँको परिचय भएकाले यसको संरक्षण अवश्यक रहेको बताएका छन् ।

अध्यक्ष बिजुक्छेँले भक्तपुरको मौलिक स्वरूप संरक्षण एवं सम्पदा पुनःनिर्माण कार्यमा भक्तपुर नगरपालिकाको अग्रसरता प्रशंसनीय भएको चर्चा गर्दै सम्पदा पुनःनिर्माणमा स्थानीय जनताको साथ र सहयोग पनि महत्त्वपूर्ण रहेको औँल्याए ।

बिजुक्छेँले थन्थु दरबरको पुनःनिर्माणसँगै गःहिटीस्थित निर्माणाधीन ऐतिहासिक लक्ष्मीनरसिंह मन्दिर र तालाक्वमा अवस्थित इखालाछी मठ पुनःनिर्माण कार्यको पनि अवलोकन गर्दै यसको अवस्थाबारे चासो दिएका थिए ।

सात सय वर्ष पुरानो भक्तपुरको लक्ष्मीनरसिंह मन्दिरभित्र शक्तिसहितको शान्त भावको लक्ष्मीलाई साथमा लिएको नरसिंहको मूर्ति अवस्थित छ भने भक्तपुर महोत्सव नजिकिएसँगै नगरपालिकाले यहाँका सांस्कृतिक एवम् ऐतिहासिक सम्पदाको पुनःनिर्माण र संरक्षण कार्यलाई तीव्रता दिएको छ ।

निरीक्षणको क्रममा भक्तपुर नगरका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशीलगायतले यहाँको एतिहासिक सम्पदाको अवस्था, पुनःनिर्माणलगायतका विषयमा चासो दिएका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ९ : ३८ बजे