२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मकवानपुरको बकैयामा बस दुर्घटना, २२ जना घाइते



१९ मंसिर । बकैयामा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते
धरान–चतरा सडकअन्तर्गत मकवानपुरको बकैया गाउँपालिकामा बुधबार यात्रुबस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

मकवानपुर प्रहरीका अनुसार धरान–चतरा सडकको हेटौँडा–सिन्धुली खण्डअन्तर्गत बकैया गाउँपालिका– ५, तीनतलेमा हेटौँडाबाट सिन्धुलीतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको हो।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले बा.५ख ६६५३ नम्बरको यात्रुबस दुर्घटना हुँदा २२ यात्रु घाइते भएको जानकारी दिए। उनीहरूलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  २ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।