१९ मंसिर । काठमाडौं टुँडिखेलमा एक जना पुरूष मृत भेटिएका छन् । बुधबार बिहान साढे ६ बजे काठमाडौं महानगरपालिका–२२ टुँडिखेलमा एक जना पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
मृतक मकवानपुर घर हुने ४५ वर्षीय बद्रीप्रसाद सिलवाल हुन् । उनको पहिचान नागरिकताको प्रमाणपत्रबाट खुलेको हो। शव फेला परेको खबरपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो । मृतकको बायाँ हात छेउमा चक्कु फेला परेको छ । उक्त हात मुनि रगत देखिएको एसपी अधिकारीले बताए । प्रहरीले शव पोष्टमर्टमको लागि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ ।
प्रतिक्रिया