१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘अञ्जिला’को टिमद्वारा युरोपमा फुटवल खेल्न लागेकी एञ्जिलालाई  बिदाइ



‘अञ्जिला’की मुख्य अभिनेत्री एञ्जिलाले पहिलो पटक युरोपमा खेल्ने अवसर पाएकोमा अत्यन्तै खुसी

काठमाडौं
नेपाली चलचित्र ‘अञ्जिला’की प्रमुख अभिनेत्री तथा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान र गोलरक्षक एञ्जिला तुम्बापो सुब्बालाई ग्रिसको ए डिभिजन क्लब नीस एट्रोमिटोउमा खेल्नका लागि चलचित्र टिमले बिदाइ गरेको छ ।
बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा २०२४–२५ सिजनका लागि अनुबन्ध भएकी एञ्जिलालाई सम्मानसहित बिदाइ गरेको हो ।
कार्यक्रममा चलचित्रका निर्देशक मिलन चाम्स,प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङ, नेपालकी पहिलो महिला फुटबल टिमकी कप्तान रमा सिंह, राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङ, र फुटबल खेलाडी सङ्घका अध्यक्ष विक्रम लामालगायतले उनलाई विदाई गरे ।
प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङले यस चलचित्रले नेपाली महिला खेलकुदको महत्त्व र सम्भावनालाई विश्वसामु पु¥याउने बताए ।
नेपाली महिला फुटबल टिमकी प्रथम कप्तान रमा सिंहल यो चलचित्र नेपाली महिला खेलाडीको जीवनमा आधारित पहिलो बायोपिक भएको बताइन्
राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङले नेपाली फुटबलको पहिलो बायोपिक बनेको सुन्दा गर्व लागेको सुनाए ।
‘अञ्जिला’की मुख्य अभिनेत्री एञ्जिलाले पहिलो पटक युरोपमा खेल्ने अवसर पाएकोमा अत्यन्तै खुसी लागेको बताइन् ।
चलचित्र ‘अञ्जिला’ कप्तान एञ्जिला सुब्बाको जीवन सङ्घर्ष र सफलतामा आधारित छ । यसमा एञ्जिला आफैँ प्रमुख भूमिकामा देखिएकी छिन् । अन्य कलाकारहरूमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ र बुद्धि तामाङ छन् । चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने सह–निर्माताहरूमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया छन् । यसको छायाङ्कन सुदीप बरालले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् ।

नेपाली खेलकुद र चलचित्र दुवै क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने उद्देश्यका साथ निर्माण गरिएको चलचित्र ‘अञ्जिला’मा एञ्जिलाको जीवन कथा रहेता पनि पूर्ण बायोपिक भने नभएको निर्देशक चाम्सले बताए ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ९ : ५५ बजे