१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


हत्या आरोपमा १२ वर्ष कैद तोकिएकी महिला १५ वर्षपछि काठमाडौंबाट पक्राउ



२० मंसिर । दोलखाको गैरीमुदीमा १५ वर्ष पहिले एक पुरुषको हत्या आरोपमा दोषि ठहर भएकी सोही स्थानकी महिलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ।
२०६७ असोज २० गते गैरीमुदीका वीरबहादुर तामाङको आफ्नै घरमा खुकुरी प्रहारबाट हत्या भएको थियो।

उनको हत्या आरोपमा वैतेश्वर १ की ४७ वर्षीया कमला कमला तामाङलाई सीआईबीले पक्राउ गरेको हो। उनलाई अदालतले १२ वर्ष कैद सजाय तोकेको छ। सर्वोच्च अदालतबाट २०७२ भदौ ११ गते कमलालाई १२ वर्ष कैद हुने ठहर भएको थियो।

उक्त फैसलापछि फरार रहँदै आएकी उनलाई बिहीबार सीआईबीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका ४ बाट पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ५ : ५० बजे