२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


जडिबुटी दुर्घटनामा मोटरसाइकल चालक चापागाँईको मृत्यु



काठमाडौ
राजधानीको जडिबुटीमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
प्र्रहरीका अनुसार बुधबार राति काठमाडौं महानगरपालिका–३२ जडिबुटीस्थित सडकमा बा.२० च १६०५ नम्बरको कार र लु.४८ प ७११० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए ।
सो दुर्घटनामा मोटरसाइकल चालक स्याङ्जा वालिङ नगरपालिका–४ घर भई काठमाडौं अनामनगर बस्ने ३० वर्षीय बुद्धिसागर चापागाईको मृत्यु भएको छ ।
दुर्घटनापछि गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
कार चालकलाई प्रहरीले नियन्त्रण लिएर कानूनी कारवाहीको प्रकृया सुरु गरेको छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ११ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।