१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


चार महिनादेखि किसानले पाएनन् दुध बिक्रि गरेको रकम



हेटौडा
बागमती हेटौँडा दूध वितरण आयोजनाले किसानलाई चार महिनादेखि दुध बिक्रि गरेको भुक्तानी नदिदा समस्या परेको छ ।

आयोजना प्रमुख राजीव खनालका अनुसार पदार्थ बिक्री नहुँदा किसानलाई चार महिनादेखि दूधको भुक्तानी दिन नसकेको बताएका छन् ।
बजारको मागभन्दा दूध तथा दुग्धजन्य पदार्थको उत्पादन बढी भएकाले आयोजना कार्यालयलाई भण्डारणमा पनि समस्या भएको छ ।
चालु आर्थिक वर्षको चार महिनामा रु नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो रु दुई करोड ४० लाखले बढी हो ।
समयमै भुक्तानी नपाउदा मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीका किसान समस्यामा परेका हुन् ।

आयोजनाले आव २०८१÷८२ को साउनदेखि कात्तिकसम्ममा रु नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ । आव २०८०÷८१ को अवधिमा रु सात करोड १२ मूल्य बराबरको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ११ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।