११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


एनपीएलः कर्णालीको पहिलो जित



२१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले पहिलो जित हात पारेको छ ।

शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो । चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

कर्णालीका लागि शिखर धवनले ४५, चडविक वाल्टनले ३०, देव खनालले २५, जीशन मक्सूदले १२ र अर्जुन बिटालुले ११ रन बनाए । चितवनका लागि कुशल मल्ल, निकोल लोफ्टिई इटोन र रवि बोपाराले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३० रन बनाएको हो ।

चितवनका लागि रवि बोपारा अविजित रहँदै अर्धशतकीय पारी खेले । उनले ४० बलमा १ छक्का र ७ चौकाको मद्दतले ५९ रन बनाए । कप्तान कुशल मल्लले २३, विपीन रावलले ११, जान निकोल लोफ्टी इटन र अमर रौतेलाले समान ९-९ र दीपक बोहोराले ८ रनको योगदान दिए ।

शरद भेषावकरले अविजित रहँदै ६ रन जोडे भने सोहेल तनवीर शून्य रनमा आउट हुन पुगे । चितवनले अतिरिक्त ५ रन प्राप्त गर्‍यो । कर्णाली याक्सका लागि विपीन शर्माले सर्वाधिक ३ विकेट लिए । कर्णालीका जिशान मकसूदले २, नन्दन यादव र कप्तान सोमपाल कामीले १-१ विकेट हात पारे ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १ : ३३ बजे