२१ मंसिर । सानो गौचरण स्टेडियममा कम गुणस्तरको बालुवा भेटियो
२१ मंसिर । काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल संयोजक रहेको अनुगमन समितिले पुनर्निर्माण भइरहेको सानो गौचरणस्थित स्टेडियमको अनुगमन गरेको छ । करिब एकहप्ता अघिमात्रै शिलान्यास गरेर पुनर्निर्माण भइरहेको स्टेडियमको अनुगमन गर्न उपप्रमुख डङ्गोल सहरी योजना आयोगका उपाध्यक्ष डा.सुमननरसिंह राजभण्डारीसहित सानो गौचरण पुग्दा त्यहाँ काम धमाधम भइरहेको थियो ।
१८ करोड ८६ लाख ७४ हजार ८ सय २७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनर्निर्माणको गरिरहेको सो स्थानमा डङ्गोलसहितको अनुगमन टोली पुग्दा कतै गिटी–बालुवाका पहाड थिए भने कतै फलामहरू असरल्ल थिए ।
कामदारहरू काममा व्यस्त देखिन्थे । प्राविधिकसहितको टोली लिएर डङ्गोल त्यहाँ पुगेपछि त्यहाँका राखिएका बालुवा, गिटी, रड सबैको अनुगमन गरिएको थियो । अनुगमनकै क्रममा त्यहाँ राखिएको बालुवा कम गुणस्तरको देखिएपछि उपप्रमुख डङ्गोलले तत्काल निर्देशन दिँदै ढलान कार्यमा रोक लगाएकी छन् ।
प्रतिक्रिया