२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धनगढीका मेयर गोपाल हमाल अस्वस्थ, थप उपचारको लागि भारत रिफर



२२ मंसिर । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल अस्वस्थ भएका छन् ।

उनलाई थप उपचारको लागि भारतको नयाँ दिल्ली रेफर गरिएको छ । हमाल निकट स्रोतले जनाएअनुसार हमाललाई हिजो मस्तिष्कको नसामा समस्या देखिएपछि माया मेट्रो अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।

उनको उपचार जारी छ । उनलाई आज थप उपचारको लागि नयाँ दिल्ली रिफर गरिएको छ । हमालको स्वास्थ्य अवस्था बुझ्न नेपाल सरकारका उद्योगमन्त्री दामोदर भण्डारी अस्पताल पुगेका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ४ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।