२३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहान भएको खेलमा लुम्बिनी लायन्सलाई १ रनले पराजित गर्दै जनकपुर बोल्ट्सले जित निकालेको छ । यो जनकपुरको लगातार चौथो जित हो । उता लुम्बिनी भने लगातार चौथो खेलमा पनि पराजित भएको छ ।
टस जितेर सुरुवाती फिल्डिङ गरेको लुम्बिनीले जनकपुरलाई १३६ रनमा रोकेको थियो । निर्धारित २० ओभरमा जनकपुरले ९ विकेटको क्षतिमा १३६ रनमा समेटिएपछि लुम्बिनीले १३७ रनको लक्ष्य पाएको थियो । तर, निर्धारित २० ओभरमा लुम्बिनी ८ विकेट गुमाउँदै १३५ रनमा समेटिएपछि जनकपुर १ विकेटले विजयी भएको हो ।
योसँगै जारी लिगमा अपराजित जनकपुरले लगातार चौथो जित निकालेको हो । जनकपुरले विराटनगर किङ्स र कर्णाली याक्सलाई ८/८ विकेटले पराजित गरेको थियो । त्यस्तै पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको जनकपुरले लुम्बिनीविरुद्ध १ रनको जित निकालेको हो । उता यसअघि विराटनगर, पोखरा र सुदूरपश्चिमसँग पराजित भएको लुम्बिनीको यो चौथो हार हो ।
जनकपुरका लागि अनिल साहले ४५ रन बनाउँदा आशिफ शेखले १६ रन जोडे । त्यस्तै लाहिरु मिलान्थाले २४ रन जोड्दा हर्स ठाकेर र जेम्स नसिम १/१ रनमा आउट भए । मोहम्मद मोसिन ३ र हेमन्त धामी ९ रनमा आउट हुँदा ललित राजवंशी शून्य रनमा पेभेलियन फर्किए । शुभ कंशाकार २२ रनमा नटआउट रहे ।
लुम्बिनीका लागि अविशेष गौतमले ३ विकेट लिँदा साद विन जाफर र रोहित पौडेलले २/२ विकेट लिए । त्यस्तै सन्दीप जोराले १ विकेट लिए ।
लुम्बिनीका आसुतोष घिरइया ८ रनमा आउट हुँदा अर्जुन साउदे २० तथा रोहित पौडेलले ३५ रन जोडे । त्यस्तै टोम मोरस ३१ रनमा आउट हुँदा बेन कटिङ ३ र विवेक यादव शून्य रनमा आउट भए । त्यस्तै सन्दीप जोरा १६ रनमा आउट हुँदा साद विन जाफरले कुनै रन जोड्न सकेनन् ।
प्रतिक्रिया