२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कीर्तिपुर नगरपालिकामा मंगलबार सार्वजनिक बिदा



२३ मंसिर । काठमाडौंको कीर्तिपुर नगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ।आइतबार प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले सूचना जारी गर्दै मंगलबार बिदा दिइएको जानकारी दिएका हुन्।

नगर कार्यपालिकाको आइतबार बसेको बैठकले त्यसदिन सातगाउँले जात्रा परेकाले बिदा दिने निर्णय गरेको हो।‘मंसिर २५ गते मंगलबार स्थानीय परम्परागत सातगाउँले (न्हेगाँ) जात्राको अवसरमा कीर्तिपुर नगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने कीर्तिपुर नगरपालिका नगर कार्यापालिकाबाट आइतबारको लागि यो सूचना प्रकाशित गरिएको छ। निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशन गरिएको छ,’ सूचनामा उल्लेख छ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ९ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।