काठमाडौं नागार्जुन नगरपालिका–६ टोखेल बस्ने ७२ वर्षीया वृद्धाले घाँटिमा लगाएको करिब २ तोला सुनको सिक्री बा.९६ प ५७१७ नम्बरको मोटरसाइकलमा आएका अपरचित व्यक्तिहरूले बिहीबार दिउँसो लुटपाट गरी फरार भएको भएका थिए
काठमाडौं
राजधानीमा दिउँसै मोटरसाइकलमा आएका दुई युवा सुनको सिक्री लुटपाट गरेर फरार भएपछि प्रहरीको सहयोगमा पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरूमा धादिङ धुनिवेशी नगरपालिका–२ घर भई काठमाडौं नागार्जुन नगरपालिका–४ शरणपुर बस्ने ४२ वर्षीय गोरे तामाङ र काठमाडौं महानगरपालिका–१५ बिजेश्वरी बस्ने ३९ वर्षीय वावु भन्ने कृष्ण प्रसाद श्रेष्ठ रहेका छन् ।
काठमाडौं नागार्जुन नगरपालिका–६ टोखेल बस्ने ७२ वर्षीया वृद्धाले घाँटिमा लगाएको करिब २ तोला सुनको सिक्री बा.९६ प ५७१७ नम्बरको मोटरसाइकलमा आएका अपरचित व्यक्तिहरूले बिहीबार दिउँसो लुटपाट गरी फरार भएको भएका थिए ।
लुटपाटको सूचनापछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट २ तोलाको सुनको सिक्री र १ थान मोटरसाइकल समेत बरामद गरेको छ ।
घठनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया