५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता प्रदिप खड्का सद्भावना दुत, गरे घाटाको सम्झौता



महोत्सवमा अवार्ड पनि नपाउने अनि परिश्रमिक पनि नपाउने अवस्थामा घाटाको काम गरिएछ भन्दै असन्तुष्ट

काठमाडौं
राजधानीमा आइतबार आगामी फागुन २४ गतेदेखि सुरु हुने ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को पत्रकार सम्मेलनमा अभिनेता प्रदिप खड्का र सुरक्षा पन्तलगायत सहभागी थिए ।
महोत्सवको सद्भावना दुतमा अनुबन्धित भएको दुबैले हस्ताक्षर गरे । हस्ताक्षरपछि दुबैले पालो पालो बोले ।
सद्भावना दुत भएकोमा अभिनेता प्रदिप सन्तुष्ट रहेनछन् । उनले महोत्सवमा अवार्ड पनि नपाउने अनि परिश्रमिक पनि नपाउने अवस्थामा घाटाको काम गरिएछ भन्दै असन्तुष्टि जनाए ।
आफूले कर्णालीको रारा र मुस्ताङको दृश्य चलचित्रमा राखेको स्मरण गरे । उनले भने, चलचित्र प्रेमगीत ३ सुपरहिट भएपछि छायाँकन स्थलमा पुगेर आगन्तुकले तस्वीर खिचेको धेरै मान्छेले सुनाए । चलचित्रमार्फत पर्यटनको प्रबर्धन हुने रहेछ ।
अभिनेत्री सुरक्षाले पनि चलचित्र बुलाकीमार्फत कर्णालीको जीवन बाँच्न पाएको बताइन् । अभिनेत्री सुरक्षाले बुलाकीले अवार्ड नपाएको गुनासो गरेकी छिन् । अवार्डबारे विकास बोर्डका अध्यक्ष दिनेस डिसीले अवार्डको लागि आवश्यक नियम पालना गर्न सुझाए ।

 

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  १० : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।