२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपनिर्वाचनको परिणाम सन्तोषजनक : कांग्रेस



२४ मंसिर । सत्तासाझेदार दल नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनको नतिजा सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको केन्द्रीय कार्यासम्पादन समितिको बैठकबाट उपनिर्वाचनको परिणामलाई सन्तोषजनक ठानिएको हो ।

“…हामी अहिले पनि ठूलो पार्टीका रूपमा स्थापित भएका छौँ । महत्त्वपूर्ण ठाउँहरूमा हामीले जितेका छौँ । र, यो परिणामलाई हामीले सन्तोषजनक ठानेका छौँ,” कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठकपछि सञ्चारकर्मीसित भने ।
उनका अनुसार, उपनिर्वाचनको नतिजाबारे बैठकमा ‘सामान्य’ छलफल भएको थियो । “स्थानीय निर्वाचनको विविध स्थानीय पक्षहरू, वडा तह समेतको निर्वाचन हो,” उनले भने, “त्यसलाई राष्ट्रिय मोडको रूपमा बुझ्नु हुँदैन ।”

बीआरआईमा ऋण स्वीकार नगर्ने पार्टीको अडान कायमै छ । कोषाध्यक्ष पदमा उमेश श्रेष्ठलाई मनोनीत गर्ने सभापतिको निर्णय बैठकबाट अनुमोदन गरिएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  २ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।