काठमाडौं
चलचित्र पुजार सार्कीबाट दर्शकको प्रशंसा पाएकी अभिनेत्री परिक्षा लिम्बु र गायन हुँदै चलचित्रमा अघि बढेका अभिनेता प्रकाश सपुत एक साथ चलचित्रमा देखिने भएका छन् ।
चलचित्रको निर्देशन अर्जुन सुवेदीले गर्ने भएका छन् ।
सोमबार सार्वजनिक गरिएको टिजरेमार्फत चलचित्रका प्रमुख पात्र र विषयवस्तु प्रस्तुत गर्दै यस चलचित्रको औपचारिक घोषणा गरिएको हो ।
चलचित्रमा अभिनेता सपुतले ‘भीमसेन पोखरेल’ र अभिनेत्री लिम्बुले ‘दिलासा राई’को भूमिकामा देखिने चलचित्र घोषणासँगै सार्वजनिक भएको टिजरमार्फत खुलासा भएको छ ।
चलचित्रले पुस १५ बाट छायाङ्कन सुरु गर्ने तयारी रहेको छ ।
चलचित्र प्रर्दशन मिति पनि २०८२ सालको असोज ३ गते संविधान दिवसको दिनलाई तोकिएको छ ।
प्रतिक्रिया