२५ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) को १६औं खेलमा लुम्बिनी लायन्सले पहिलो जीत निकालेको छ । बलिङ र ब्याटिङमा लुम्बिनीका रोहित पौडेल चम्कीएपछि चितवन सस्तैमा समेटियो । चितवन राइनोजलाई ३३ रनले हराउँदै लुम्बिनीले पहिलो जित निकालेको हो । लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।
चितवनका लागि सर्वाधिक लुक बेन्केनस्टाइनले ३१ रन, रवि बोपाराले १२, कुशल मल्ल २० रन, सन्तोस कार्कि १० र रिजन ढकालले २२ र नर बहादुर सार्कीले १६ रन जोडे । लुम्बिनीका लागि रोहितले सर्वाधिक ४ विकेट लिए भने रेमोन सिमोन्डले २ , साद विन जफर र अविशेष गौतमले समान एक विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६७ रनको योगफल तयार पारेको थियो । लुम्बिनीका लागि रोहितले ५७ बलमा ६ चौका र पाँच छक्काको सहयोगमा सर्वाधिक ८० रनको योगदान गरे भने साद बिन जफरले ३५ बलमा चार चौका र एक छक्काको मद्दतले अविजित ५२ रन बनाए । त्यस्तै अर्जुन साउदले १५ र टोम मुर्सले १० रन बनाएका छन् ।
चितवनका लागि रिजन ढकालले ३ तथा कप्तान कुशल मल्ल र रञ्जित कुमारले समान एक विकेट लिए ।








प्रतिक्रिया