२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


अमेरिकामा भूपेन्द्र जिते दुई पदक



त्यसअघि उनले विभिन्न ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ स्वर्ण पदक जितेका छन्

काठमाडौँ
नेपालका भूपेन्द्र गुरूङले छैटौँ एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा दुई पदक जितेका छन् ।

नर्थ अमेरिका फेडरेसन अफ मार्सल आर्ट्सको आयोजनामा यही डिसेम्बर ८ तारिखमा न्यू टाउन, पेन्सिल्भिनियामा भएको प्रतियोगितामा भूपेन्द्रले ट्रेडिसनल फमको छाङ छ्वानमा स्वर्ण र ओपन फमको ताइचीमा रजत जितेका हुन् ।

उनको व्यवस्थापकमा मनित गुरूङ रहेका छन् । प्रतियोगितामा अमेरिकाको २२ मार्सल आटर््स क्लबका करिब तीन सय ४७ खेलाडी सहभागी थिए ।

भूपेन्द्रले यसअघि अमेरिकाको क्यालिफोर्नियामा १ महिनाअघि (नोभेम्बर ९) भएको १५ औँ गोल्डेन ड्रागन च्याम्पियनसिपको २ स्पर्धामा २ रजत जितेका थिए ।

त्यसअघि उनले विभिन्न ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ स्वर्ण पदक जितेका छन् । उनले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनसिप, सन् २०१९ मा थाइल्यान्डमा भएको सातौँ विश्व कुङफु च्याम्पियनसिप र सन् २०२२ मा युकेमा भएको युरोपियन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ८ : ४६ बजे