२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भर्खरै भुकम्पको धक्का महसुस



बझाङको रायाल आसपास केन्द्रविन्दु भएर गएको भुकम्प तीन दशमलव नौ रेक्टरस्केल रहेको

काठमाडौँ
भर्खरै भुकम्पको धक्का महसुस गरिएको छ ।
बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा
भुकम्प गएको छ । बझाङको रायाल आसपास केन्द्रविन्दु भएर गएको भुकम्प तीन दशमलव नौ रेक्टरस्केल रहेको केन्द्रले जानकारी दिएको छ ।
यसअघि गत मङ्सिर ६ गते बिहान कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार दशमवल दुई रेक्टरस्केलको भूकम्प गएको थियो ।
पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ । नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पको जोखिमपूर्ण क्षेत्रका रूपमा लिने गरिन्छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  १२ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।