२६ मंसिर । कमलादीमा भ्वाङ परेको सडक निर्माण गरिएसँगै बिहीबारबाट सञ्चालनमा आउने भएको छ । गत साउन २५ मा कमलादीमा अविरल वर्षासँगै सडकमा भ्वाङ परेको थियो । त्यसपछि उक्त खण्डमा सवारी आवागमन ठप्प बनेको हो ।
भ्वाङ परेको साढे दुई महिनापछि ४९ लाख रुपैयाँमा ठेक्का सम्झौता भई कात्तिक २ बाट यसको निर्माण थालिएको हो । निर्माण थालेको ४६ दिनपछि मंसिर १७ मा निर्माणको काम सम्पन्न भएको हो । दरबारमार्गको महेन्द्र सालिकबाट काठमाडौं प्लाजा निस्कने बीचको बाटोमै भ्वाङ परेको थियो ।
प्रतिक्रिया