२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मुलुकमा जनसङ्ख्या घटिरहेको र गाउँका बस्ती रित्तो बनिरहेको सन्दर्भमा जनसङ्ख्या नीति छिट्टै परिमार्जन गरिने



काठमाडौँ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनसङ्ख्या नीतिलाई संशोधन गर्न योजना आयोग, विषयगत मन्त्रालय तथा विज्ञसँग सुझाव सङ्कलन गरेको छ ।
मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मुलुकमा जनसङ्ख्या घटिरहेको र गाउँका बस्ती रित्तो बनिरहेको सन्दर्भमा पुरानो नीतिमा परिमार्जन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार ३४ जिल्ला र तीन सय १९ तहमा जनसङ्ख्या ऋणात्मक रहेकाले बढ्दो असन्तुलनलाई कम गर्न राष्ट्रिय जनसङ्ख्या नीति परिमार्जन गर्न आवश्यक रहेको बताएका हुन् ।

नीतिगत परिमार्जनका लागि स्थानीय सरकारको पनि जिम्मेवारी रहेको बताउँदै जनसङ्ख्यामन्त्री पौडेलले भने, “आफ्नो पालिकाभित्र जनसङ्ख्या किन घट्यो भनेर पालिकाले पनि सोच्नु जरुरी छ ।” प्रजनन दर ऋणात्मक हुने अवस्थामा त्यसको असर जनसाङ्ख्यिक विकासमा पर्ने उनको भनाइ थियो ।

उनले सहरी क्षेत्रमा बढ्दो बसाइँसराइ तथा विदेश जानेको सङ्ख्या वृद्धि भएकाले रोजगारी र आर्थिक अवसर प्रमुख समस्याका रुपमा देखा परेकाले नीतिगत सुधारका लागि ऐन परिमार्जन गरिने धारणा राखे।

मन्त्रालयले विज्ञहरुको सुझावका आधारमा ऐन परिमार्जन गरेर संशोधनका लागि संसद्मा लैजाने गरी परामर्श गरिरहेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिएका छन्।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ९ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।