२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


विराटनगरसँग चितवन ५१ रनले पराजित



२८ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) को शुक्रबार भएको खेलमा विराटनगर किंग्ससँग चितवन राइनोज ५१ रनले पराजित भएको छ ।

शीर्ष चारको दौडबाट लगभग बाहिरिसकेको विराटनगरले छैटौँ खेलमा दोस्रो जित निकाल्दै अंक तालिकामा चार अंक बनाएको छ। विराटनगरले दुई खेलमा जित र चार खेलमा हार भोगेको छ।

विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले पूरै २० ओभर खेल्दा ५ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो । चितवनका लागि अमर सिंह राउटेलाले सर्वाधिक २९ बल खेल्दै ३ चौका र २ छक्का मदतमा सर्वाधिक ४२ रन बनाए । ओपनर सन्तोष कार्कीले २५ बलमा २८, कप्तान कुशल मल्लले २५ बलमा २५ र रवि बोपाराले २४ बलमा २० रन बनाए ।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । बसिरले ४ ओभरमा १ मेडन राखद् १९ रन मात्र खर्चेर १ विकेट लिए भनेक्रसि सोल र सुबास भण्डारीले पनि १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाएको थियो ।

विराटनगरका बसिर अहमदले अर्धशतक बनाए । उनले ४४ बल खेल्दै समान ४ चौका र छक्का प्रहार गर्दै ६८ रन जोडे । राजेश पुलामी मगरले भने अविजित ३३ रन बनाए भने मार्टिन गप्टिलले ४५ रन बनाए ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ५ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।