२८ मंसिर । काठमाडौंका विभिन्न स्थानबाट शुक्रबार दुईओटा सवारी साधनसहित चोरीमा संलग्न दुईजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। मकवानपुरको बागमती गाउँपालिका ५ ज्यामिरे घर भई काठमाडौंको टोखा बस्ने २४ वर्षीय हेमन्त परियारलाई बागमती प्रदेश ०२–०३० प ५१५९ नम्बरको मोटरसाइकल सहित काठमाडौंको टोखाबाट आज दिउँसो ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।
वास्तविक नम्बर प्रदेश ३–०२–००४ प ७५१५ रहेको उक्त मोटरसाइकल ललितपुरको बागडोलबाट हराएको भनि बागलुङको गलकोट नगरपालिका ४ बस्ने डेनियल पुनले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए।
नियन्त्रणमा आएका परियारलाई सोधपुछ गर्दा उक्त मोटरसाइकल मकवानपुरको बकैया गाउँपालिका ५ घर भई ललितपुरको हरिसिद्धि बस्ने ३० वर्षीय सन्तलाल घिसिङबाट लिएको भनि बताएको हुँदा खोजि गर्ने क्रममा ललितपुरको पुल्चोकबाट बागमती प्रदेश ०२–०३० प १७४३ नम्बरको स्कुटर लिई हिँडिरहेको अवस्थामा घिसिङलाई समेत आज दिउँसो नियन्त्रणमा लिईएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
प्रतिक्रिया