१२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आफ्नै श्रीमतीको खुकुरी प्रहार गरेर हत्या



सुनसरी
एक युवकले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरेर हत्या गरिदिएका छन् ।
य्रहरीका अनुसार उनले २८ वर्षीया सम्झना रसाईलीको हत्या गरेका हुन् । धरान उपमहानगरपालिका–२ पुरानो बजार डेरा गरी बस्ने भोजपुर अरूण गाउँपालिका–६ जरायोटार घर भएका ३७ वर्षीय अमृत रसाईलीलाई शुक्रबार दिउँसो हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
अमृतले वादविवादको क्रममा खुकुरी प्रहार गर्दा सम्झनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएका छ । हत्याको सूचनापछि इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  १० : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।