७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बागमती किनार पुगेर शरीरमा पेट्रोल छर्किएर आगो लगाएकी महिलाको मृत्यु



३० मंसिर । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित बागमती नदी किनारमा आत्मदाह गरेकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । चितवन, रत्ननगर नगरपालिका–१२ की ३८ वर्षीया कमला आचार्यको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

प्रहरीका अनुसार आचार्यले शनिवार बा.३५ प ५८१८ नम्बरको स्कुटरमा किराँतचोक पुगेपछि शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । उनी परिवारसँग बौद्धस्थित नारायणटारमा बसोबास गर्थिन्।

घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकव छ । प्रारम्भिक जानकारी अनुसार, घटना व्यक्तिगत तनावसँग सम्बन्धित हुनसक्ने अनुमान गरिएको छ।

घटनाबारे थप पत्ता लगाउन लागिरहको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  १ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।