३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


‘साकेला उधौली’मा चिटिक्क किराँत युवती (तस्विरहरु)



चापागाँउ
किरात समुदायको ठूलो चाड ‘साकेला उधौली’ आजदेखि सुरु भयो ।
उधौली पर्व मनाउने क्रममा आज आइतबार राजधानीका किराँत समुदाय ललितपुरको हात्तीवनमा भेला भएर पुजाआजा गरेका छन् । विहानैदेखि पुजामा व्यस्त किराँत दिउँसो भने नखिपोटमा साकेला नाचे ।


साकेला नाच्न पुगेका युवतीहरु परम्परागत भेषभुसासँगै गरगहनाले सझिएर पुगेका थिए । युवतीहरु फरक फरक परम्परागत गरगहनाले सझिएका थिए । धेरै युवतीहरुले सुनको गहना भने लगाएका थिएनन् । पछिल्लो पुस्ताले पर्वहरुमा मात्रै सास्कृतिक भेषभुसा लगाउने गर्दछन् भने परम्परागत सक्कली गरगहना बुढाबुढीहरुले मात्रै लगाएको देखिन्छ ।


किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म उभौली साकेला चाड मनाउने गरेका छन् ।
लेन्स ः ललितखबर

 

 

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ९ : ५५ बजे