६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


रहेनन् काठमाडौं महानगरका पहिलो मेयर पीएल सिंह



१ पुस । काठमाडौं महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको निधन भएको छ ।

पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको हो । ८५ वर्षीय सिंह लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए । २०४९ मा स्थानीय निर्वाचन जितेर तत्कालीन काठमाडौँ नगरपालिकाका मेयरमा उनी निर्वाचित भएका थिए । पञ्चायत व्यवस्थापछि काठमाडौँका उनी पहिलो मेयर भएका हुन् ।

उनी २०४६ सालसम्म चाक्सीबारीस्थित गणेशमान सिंहको निवासमै बसेका थिए । गणेशमान र मंगलादेवी सिंहलाई सहयोग गरेका थिए ।

उनी पछिल्लो समय गणेशमान सिंहका छोरा एवम् वर्तमान उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका थिए । उनको निधन पनि प्रकाशमान निवासमै भएको हो ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ९ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।