१ जेठ । नेपाल प्रिमियर लिग (एनपीएल) मा हारका बाबजुद कर्णाली याक्सले शीर्ष चारमा स्थान बनाएसँगै नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ समीकरण पूरा भएको छ।
सुदूरपश्चिम रोयल्सले ७ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको हो। समान खेलबाट १० अंक भएको जनकपुर बोल्ट्स दोस्रो स्थानमा रहँदै प्लेअफ पुगेको छ।
अंक तालिकाको शीर्ष र दोस्रो स्थानमा रहेको सुदूरपश्चिम र जनकपुरले पहिलो क्वालिफायर खेल्नेछन्। ७ खेलबाट समान ८ अंक भएको चितवन राइनोज तेस्रो र कर्णाली याक्स चौथो स्थानमा रहँदै एलिमिनेटरका लागि छनोट भए। चितवन र कर्णालीले एलिमिनेटर खेल्नेछन्।
एनपीएलमा मंगलबार विश्राम छ। बुधबारको एलिमिनेटर खेलमा चितवन र कर्णाली भिड्नेछन्। सो खेल बिहान ९ बजे सुरु हुनेछ। यो खेलको विजेताले दोस्रो क्वालिफासर्यस खेल्नेछ। पराजित हुने टोली भने प्लेअफबाटै बाहिरिनेछ।
सोही दिनको दोस्रो खेलमा पहिलो क्वालिफायर खेल हुनेछ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर बोल्ट्स खेल्नेछन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ।
यो खेलको विजेताले सिधै फाइनलमा स्थान पक्का गर्नेछ। पराजित हुने टोलीले भने फाइनल पुग्नका लागि अर्को एक मौका पाउनेछ।
दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरको विजेता टोली भिड्नेछन्। दोस्रो क्वालिफायर खेल बिहीबार हुनेछ। यसको विजेता फाइनल पुग्नेछ।
फाइनल खेल शनिबार हुनेछ।
प्रतिक्रिया