६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चन्द्रागिरीमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु



१ जेठ । काठमाडौँ चन्द्रागिरी नगरपालिका–२ मसिनेस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बा.३३ प ३६८ नम्बरको मोटरसाइकल सडकबाट करिब ७० मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा धादिङ धुनिबेसी नगरपालिका–७ बस्ने २६ वर्षीय टिकाराम तामाङको मृत्यु भएको हो ।
उनी मोटरसाइकल चालक हुन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  २ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।