३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्यो, प्लास्टिकजन्य फोहोर नजलाउन आग्रह 



खुला रूपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउँदा, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धुलोले पनि वायुलाई प्रदूषित
काठमाडौँ
केही सातादेखि काठमाडौँ उपत्यका र तराई क्षेत्रलगायतमा वायु प्रदूषण बढेका भन्दै वन तथा वातावरण मन्त्रालयले प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन आग्रह गरेको छ ।
विभागले आज एक सूचना निकालेर सवारी साधनको नियमित मर्मतसम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न र सडक तथा निर्माण कार्यबाट उड्ने धुवाँ धुलोको यथोचित नियन्त्रण गर्न आग्रह गरेको हो ।
वायु प्रदूषणका मुख्य कारक उद्योग, कलकारखाना र सवारी साधन, वन डढेलो हो । त्यसैगरी, खुला रूपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउँदा, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धुलोले पनि वायुलाई प्रदूषित गर्दछ ।
वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेषगरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवतीहरुलाई बढी प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  १२ : २६ बजे