३ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र भारत र मलेसियाका लागि नेपालका आवासीय राजदूत नियुक्त गरेका छन्।
उनले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा शंकररप्रसाद शर्मालाई भारत र डा नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका लागि आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
सरकारले गत साउनमा भारत, मलेसियासहित १८ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो।
प्रतिक्रिया